रवि लामिछाने दोस्रो तारिखका लागि कास्की अदालतमा उपस्थित हुँदै

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Ravi Lamichhane appearing in Kaski court for the second date

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दोस्रो तारिखका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

काठमाडौंबाट उनी श्रीमती निकिता पौडेलसहित पोखरा गएका छन् । आज कास्की जिल्ला अदालतमा उपस्थित भइ उनी सोमबार रुपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने छन् ।

सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका सिलसिलामा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ मा छुटेका थिए ।

 त्यस्तै, काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटी लिएर माघ २ मा लामिछानेलाई रिहा गरेको थियो ।

उता बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनको मुद्दामा पनि लामिछाने माघ १३ गते रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यस्तै, २५ माघमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीमा ५४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । 

वीरगञ्जको सानो पाइला सहकारीको बचत रकम अपचलनको मुद्दामा उनीविरुद्ध अनुसन्धान भइरहेको छ।

कान्तिपुर

Link copied successfully