राजतन्त्र फर्कने हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

फाल्गुन २४, २०८१

मोहन शाही

Rumors of returning to monarchy will not work: Home Minister Author

डोटी — पछिल्लो समय राजसंस्था फर्काउनुपर्ने माग गर्दै गरिएका प्रदर्शन र र्‍यालीहरुलाई संकेत गर्दै गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा केही साथीहरुबाट भइरहेको होहल्ला काम नलाग्ने बताएका छन् ।

शनिबार डोटीमा नेपाल प्रेस युनियनद्धारा आयोजीत पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । 

गणतन्त्रको विकल्प राजतन्त्र नहुने राय गृहमन्त्री लेखकको थियो । ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ,’ गृहमन्त्री लेखकले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग गरिरहेका छन् ।’

नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न उनको सुझाव थियो । पूर्वराजालाई पार्टी खोलेर खुला छलफलमा आउनसमेत उनले चुनौती दिएका थिए । पूर्वराजालाई नागरिकसरह पार्टी खोल्ने, चुनावमा लड्ने अधिकार रहेको स्मरण गराए । 

मोहन

Link copied successfully