त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Trivika rector's office vandalized by the union

काठमाडौँ — सत्तारुढ दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) का कार्यकर्ता त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । 

शुक्रबार नेविसंघका कार्यकर्ताहरू आएर आफ्नो कार्यकक्षमा तोडफोड गरेको रेक्टरले केसीले जानकारी दिए । केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको हो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । 

Trivika rector's office vandalized by the unionविद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनको भनाइ छ । केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए ।

उक्त आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् । 

कान्तिपुर

Link copied successfully