टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

RSVP MP Jha's demand to arrange a separate license for tipper

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिपरहरुले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिपरहरुले कानुन मान्ने नगरेको उनको आरोप छ ।

टिपरको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।  सांसद झाले सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिपरका उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एड्भाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरूको लगानी भएकोले । सरकार र राज्य पनि एकदमै कमजोर भएको छ ।  यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौँ । कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो ?’

उनले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully