रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप ४ जना पक्राउ

फाल्गुन २३, २०८१

विनय आजाद

Rinku Sada case: 4 more people arrested including ward members involved in panchayat

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा प्रकरणमा थप चार जना पक्राउ परेका छन् । पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वडा सदस्य नथुनी साहसहित चार जना छन् । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् । उनीहरूलाई आज तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : 

सामूहिक बलात्कारमा न्याय राज्यले दिने कि पञ्चायतीले ?

रिंकु सदा बलात्कारपछि मृत्यु घटना : मुख्य आरोपी रुपेशमाथि अदालतबाट दुई दिन म्याद थप

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully