नेपाल बार एसोसियसन चुनाव : साझा उम्मेदवार चयन गर्दै कांग्रेस-एमाले कानुन व्यवसायी

प्रतिपक्षी दलनिकटका साझा उम्मेदवार प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसियसन(पीपीएलए) का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Nepal Bar Association Elections: Congress-UML lawyers choosing common candidates

काठमाडौँ — नेपाल बार एसोसियसनको २७औं कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको समय घर्किनै लाग्दा सत्तारुढ दल कांग्रेस-एमालेनिकट कानुन व्यवसायी उम्मेदवार चयन गर्न सकेका छैन । बिहीबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय छ ।

कांग्रेस र एमालेनिकट कानुन व्यवसायी संगठन डेमोक्रेटिक लयर्स एसोसियसन(डीएलए) र प्रोग्रेसिभ लयर्स एसोसियसन(पीएलए)ले साझा उम्मेदवार उठाउने सहमति भए पनि अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । 

डीएलए र पीएलएबीच २५ पदाधिकारीमध्ये १२ र १३ को सहमति भएको छ । १३ पदाधिकारी लिनेले अध्यक्ष छाड्ने दुई संगठनबीच सहमति भएको छ । कांग्रेसनिकट डीएलएले अध्यक्ष पाए वरिष्ठ अधिवक्ता उपेन्द्रकिशोरी न्यौपानेले उम्मेदवारी दिने चर्चा गरेको छ ।

त्यस्तै प्रतिपक्षी दलनिकटका साझा उम्मेदवारका रूपमा भने प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसियसन(पीपीएलए) का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । करिब १० हजार मतदाता रहेको एसोसियसनको चुनाव आगामी चैत २३ गते हुँदैछ । 

कान्तिपुर

Link copied successfully