कान्तिपुरकर्मी कार्कीलाई सम्झना स्मृति पुरस्कार

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Memorial Award to Kantipur Karmi Karki

काठमाडौँ — यस वर्षको सम्झना दाहाल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका सिन्धुली संवाददाता राजकुमार कार्कीलाई प्रदान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले नगद ५ हजार राशिसहितको पुरस्कार बिहीबार प्रदान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष एवं दाहालका पिता शेषराज दाहाल तथा आयोजक अनेरास्ववियू सिन्धुलीले पुरस्कारसहित संवाददाता कार्कीलाई सम्मान गरेको हो । 

पत्रकाररिताको माध्यमबाट समाज रूपान्तरणको क्षेत्रमा योगदान गरेको भन्दै कार्कीलाई सम्मान गरिएको हो । ३२ वर्ष अगाडि २०४९ सालमा टनकपुर सन्धिको विरोधमा चलेको आन्दोलनमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय छात्रा सम्झना दाहालको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । 

कान्तिपुर

Link copied successfully