काठमाडौँ — प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भएको हो ।
त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । अब राष्ट्रिय सभाबाट पनि यो अध्यादेश स्वीकृत भएमा सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला हुने छ ।
