माओवादीले जनयुद्ध बेचेर खाइसके : सञ्चारमन्त्री गुरुङ

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Maoists have sold the people's war and eaten it: Communications Minister Gurung

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी माओवादीप्रति खनिएका छन् । उनले जनयुद्धको पाप धुरीबाट कराइरहेको टिप्पणी गर्दै माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भइसकेको मात्र नभइ नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी समेत गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादीले रुकुम, रोल्पाबाट हुंकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए । उनले भने, 'शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्ने कुराको पुष्टि हुन्छ ।'

मन्त्री गुरुङले राजसंस्थालाई बुलेटबाट नभइ ब्यालेटबाट पराजित गरेको बताउँदै माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गरे । उनले माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिने कुरा नैतिक सिद्धान्त अनुसार नहुने समेत तर्क गरे । उनले भने, 'जुन कम्युनिस्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिस्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिस्ट पार्टी हो कि हैन ? '

कान्तिपुर संवाददाता

Link copied successfully