मलेसियामा म्यानपावरको एकाधिकार हुँदैन : श्रम मन्त्रालय

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Malaysia does not have a monopoly on manpower: Ministry of Labour

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने (एकाधिकार) गरी हाल कुनै पनि नीतिगत निर्णय नभएको र भविष्यमा पनि नहुने प्रस्ट पारेको छ ।

श्रम मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा नेपाली कामदार पठाउने विषयमा एकाधिकार गर्न खोजिएको विषयलाई अफवाह फैलाइएको भन्दै आफ्नो ध्यानकर्षण जनाएको हो । श्रमले भ्रामक र आधारहीन विषयको पछाडि नलाग्न अनुरोध गरेको छ ।

मलेसियाले आफूलाई चाहिनेभन्दा बढी विदेशी कामदार भएको जनाउँदै गत जेठदेखि नेपालसहित स्रोत देशबाट कामदार भर्ना गरेको छैन । मलेसियाको रोजगारी कहिले खुल्छ भन्ने अझै निश्चित भइसकेको छैन ।

Malaysia does not have a monopoly on manpower: Ministry of Labour

कान्तिपुर

Link copied successfully