नेपालमा १९औं शताब्दीपछि फेरि देखियो खैरो झाडी फिस्टो 

१९औं शताब्दीयता नेपालमा यो चरा भेटिएको अभिलेख नभएको नेपाल पन्छीविद् संघको भनाइ

फाल्गुन १९, २०८१

रमेशकुमार पौडेल

In Nepal after the 19th century, brown bush phisto was seen again

चितवन — नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । नेपाल पन्छीविद् संघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । 

चराविद् प्रताप गुरुङले गत मंसिर २३ गते भरतपुर महानगरपालिका-२६ दिव्यनगरको खेतमा  उक्त चरा देखेका थिए । गुरुङले खिचेको उक्त चराको तस्बिर पुस ८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

चराको तस्बिर र अन्य विवरणका आधारमा उक्त चरा खैरो झाडी फिस्टो भएको कमिटीले पनि पुष्टि गरेको नेपाल बर्ड रेकर्ड कमिटीका डा.तुलसी सुवेदीले जानकारी दिए ।

नेपालमा १९औं शताब्दीयता यस चराको कुनै अभिलेख नभएको हुँदा लोप भएको ठानिएको डा.सुवेदीले बताए । यसको अंग्रेजी नाम 'ब्राउन बुस वार्ब्लर' र वैज्ञानिक नाम Locustella luteoventris हो ।  यो चरा भुटान, भारत, चीन, म्यानमार र थाइल्यान्डमा पाइने नेपाल पन्छीविद् संघले जनाएको छ  । यो अब नेपालमा पनि पाइने सूचीमा समावेश भएको छ ।

In Nepal after the 19th century, brown bush phisto was seen again

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully