नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Nepal Legal Practitioners Council (Second Amendment) Bill passed by the National Assembly

काठमाडौँ — राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

मन्त्री चौरसियाले कानुन व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताए । उनले कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित रहेको जानकारी दिए । 

कान्तिपुर

Link copied successfully