सभापति देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरूको बैठक

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Chairman Deuba called a meeting of top Congress leaders

काठमाडौँ — कांग्रेस सभापति शेरबहार देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार अपरान्ह बस्ने गरी शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । 

उनको सचिवालयका अनुसार सभापति देउवाले संसद्‌मा अड्किएका अध्यादेश लगायत संसदीय समितिमा छलफल भइरहेका अन्य विधेयक र समसामयिक राजनीति तथा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल गर्न पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेका हुन् । बैठक अपरान्ह ४ बजेका लागि तोकिएको छ। 

राष्ट्रिय सभामा बहुमत सुनिश्चित नहुँदा अड्किरहेको अध्यादेश पारित गराउने विकल्पका बारेमा समेत देउवाले पार्टीमा छलफल गर्न लागिरहेको एक नेताले बताए। सरकारलाई समर्थन दिएको जसपा नेपालले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सर्तमा अन्य पाँच अध्यादेशलाई समर्थन गर्ने जनाइरहेका बेला साकारले दल विभाजन गर्न सहज हुने गरी विधेयक अघि बढाउने गृहकार्य समेत गरिरहेको छ।

कान्तिपुर

Link copied successfully