काठमाडौँ — सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २:५१ बजे भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो।
अहिलेसम्म क्षतिसम्बन्धी विस्तृत विवरण केही आएको छैन ।
भुकम्पको केन्द्रविन्दु भएको भोटेकोशी गाउँपालिका ३ का दुगुनागढीका वडाध्यक्ष निमासोना शेर्पाले भुकम्पको धक्कपछि स्थानियहरु घरबाहिर निस्केको बताए । उनले भने, 'मानविय क्षतिको कुनै सुचना भने आईसकेको छैन ।'
