माओवादी आन्दोलनकै कारण मुस्लिम समुदायलाई संवैधानिक अधिकार : अध्यक्ष दाहाल

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Due to the Maoist movement, the constitutional rights of the Muslim community: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

'जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान'अन्तर्गत बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको 'जनयुद्ध'का कारण राजनीतिक परिवर्तन सम्भव भएको बताएका हुन् । 

Due to the Maoist movement, the constitutional rights of the Muslim community: President Dahalत्यस्तै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकारसम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिमलगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए । माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

हरिनगर-६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरूले अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएका थिए।

कान्तिपुर

Link copied successfully