बिहीबारदेखि खोटाङमा राष्ट्रिय बाँस सम्मेलन

फाल्गुन १४, २०८१

डम्बरसिं राई

National Bamboo Conference in Khotang from Thursday

खोटाङ — प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि तीन दिनसम्म दिक्तेल माटिकोरेमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो ललितपुरको आयोजनामा हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।

‘नेपाली सेना, सशस्त्र, जनपथ प्रहरी, नगरपालिकाको टिमले स्टल तथा मञ्च निर्माणको काम सम्पन्न गरेको छ,’ भट्टराईले भने,‘अतिथिकाहरूका लागि होटललगायतका अन्य व्यवस्थापनको काम पनि सकिएको छ, रोटेपिङ लगायतका केही थोरै काम बाँकी छ त्यो पनि रातिसम्म सकिन्छ ।’

भट्टराईका अनुसार ५१ वटा स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खोटाङ बाहेक विभिन्न २८ जिल्लाबाट ल्याइएका बाँसबाट बनाइएका सामग्री स्टलमा राखिने भट्टराईले सुनाए । ‘खोटाङबाहिर २८ जिल्लाका बाँसबाट उत्पादित सामग्री स्टलमा राखिने छ,’भट्टराईले भने,‘जिल्लाका उद्यमीहरूले चाहिँ जिल्लामै उत्पादन भएका विभिन्न खालका रैथाने सामग्री रहने छन् ।’

National Bamboo Conference in Khotang from Thursdayभट्टराईका अनुसार सम्मेलनले बाँससम्बन्धी विभिन्न सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्न, बाँस खेतीलाई सुधार गर्न, खाली जग्गामा बाँस खेती गरी किसानको आयआर्जन बढाउन बाँस सम्मेलन आयोजना गरिएको हो । बिहीबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उद्घाटन गर्ने उक्त सम्मेलनमा विभिन्न विश्वविद्यालय, संघसंस्था, निजी क्षेत्रलगायतको सहभागिता रहने भट्टराईले बताए ।

National Bamboo Conference in Khotang from Thursday

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully