उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं: अध्यक्ष दाहाल

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

We lead the struggle to protect the rights of oppressed communities: President Dahal

झापा — माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा  संघर्ष गर्ने बताएका छन् ।

'जनतासँग माओवादी तराई मधेश जागरण अभियान'अन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विभिन्न आन्दोलनबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका हुन् । 

जनताले प्राप्त गरेका अधिकार प्रयोग गर्न नपाएको बरु विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको उल्लेख गर्दै उाले यसमा सचेत गराउँदै जनतालाई पुनः एकताबद्व भएर अघि बढ्नका लागि आह्वान  गर्न पार्टीले जनतासँग माओवादी जागरण अभियान अघि बढाएको  दाबी गरे ।

पूर्वी-दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजवंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम-दक्षिण क्षेत्रको थारू सघन बस्ती किन अभियान समापन गरिने जानकारी दिँदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रूपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने बताए । 

यस क्षेत्रमा जन्मसिद्ध नागरिकताको समस्या धेरै देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कानुनी रूपमा हजारौं नागरिकताविहीन नेपालीले नागरिकता पाउने बाटो खुले पनि केही व्यवहारिक समस्या देखिएकाले समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully