पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानौँ : महामन्त्री थापा

फाल्गुन १२, २०८१

शमशेरविक्रम जीसी

To end factions and sub-factions within the party, let's choose the president through direct election: Mahamantri Thapa

प्यूठान — कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने बताएका छन् । सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् । 

पार्टीको विधानअनुसार तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । सदस्यता नवीकरणको काम चैत मसान्तभित्र सक्नेगरी तयारी गर्न पनि उनले जिल्ला नेतृत्वलाई निर्देशन दिएका छन् ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने पनि उनको भनाइ छ । आगामी कार्यकालमा गर्ने कामको रिपोर्ट कार्ड लिएर जनतामा जाने उनले उल्लेख गरे । 

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully