काठमाडौं-तराई फास्ट ट्र्याकको समयावधि थपिने निश्चित : नेपाली सेना

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Time period of Kathmandu-Tarai fast track will be extended: Nepali Army

काठमाडौँ — नेपाली सेनाले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने निश्चित भएको बताएको छ ।

आइतबार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले हालसम्म गरेका कामबारे जानकारी दिएको थियो ।

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए । उनले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ ।’

उनले निर्माणका क्रममा रुख कटानको काममा बढी समय लागेकाले पनि काममा केही समय लागेको बताए । ‘खोकनाको जग्गाको विवाद समाधान हुनलाई ढिलो भयो भने त आयोजनाको टाइम बढ्छ,’ उनले भने ।

असोजको भीषण वर्षाका कारण बख्खुबेँसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully