काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले अबको मिडिया प्रविधिसँग परिचित हुनैपर्ने बताएका छन् ।
कान्तिपुर पब्लिकेशन्स्को ३२औं वार्षिकोत्सकका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रविधिले अवसर र चुनौती दुवै दिएको बताए । 'मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती भएर आएका छन्,' उनले भने, 'दुवै लोकतन्त्रका लागि खतरा छन् ।'
कान्तिपुर ठूलो विरासत बोकेको मिडिया रहेको भन्दै उनलेे मिडियाको कर्तव्य र धर्म पूरा गर्न आफूहरु संघर्षरत रहेको बताए ।
'कान्तिपुर अहिले जहाँ छ, सबैको मेहनतले बनेको हो,' उनले भने, 'स्थापनाको ३२ वर्षमा कान्तिपुरले नेपालको पत्रकारितलाई समृद्ध बनाएको छ ।' जुनसुकै संकटमा कान्तिपुर अविचलित भएर अघि बढिरहेको भन्दै अध्यक्ष सिरोहियाले लोकतन्त्रका लागि पनि संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
