केआईआईटीमा नेपाली विद्यार्थीको मृत्यु प्रकरण : राष्ट्रिय सभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Nepalese student's death case in KIIT: Speaker of the National Assembly drew the attention of the government

काठमाडौँ — भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ध्यानाकर्षण भएको बताएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा सांसदहरूले यसबारेमा प्रश्न उठाएका थिए । त्यसपछि अध्यक्ष दाहालले लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

त्यस्तै अध्यक्ष दाहालले घटनाको सत्षतथ्य पत्ता लगाई पीडित परिवारलाई न्याय प्रदान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । 'यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु, अध्यक्ष दाहालले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully