घोराहीमा प्रधानमन्त्री ओली : शंकर पोखरेललाई हराएर तपाईंहरूले गल्ती गर्नुभयो

‘पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो ।’ 

फाल्गुन ५, २०८१

दुर्गालाल केसी

Prime Minister Oli in Ghorahi: You made a mistake by defeating Shankar Pokharel

दाङ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन-२०७९ मा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरेको बताएका छन् । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जितेको भए आफूलाई समेत सजिलो हुने बताएका हुन् । 

‘पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो,’ उनले भने,‘यसमा तपाईंहरूले गल्ती गर्नुभयो ।’ ओलीले मिसन ०८४ लाई केन्द्रित गरेर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे । 

Prime Minister Oli in Ghorahi: You made a mistake by defeating Shankar Pokharel२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले हराएकी थिइन् । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले पोखरेललाई १९३ मतले हराएकी थिइन् ।

Prime Minister Oli in Ghorahi: You made a mistake by defeating Shankar Pokharelशर्माले २६ हजार ८ सय ८० मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए । दाङ-२ मा तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार विशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए । 

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully