३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

फाल्गुन ५, २०८१

विवेक पोख्रेल

28 billion fraud of cooperatives in 31 months, 242 cases registered

काठमाडौँ — झन्डै तीन वर्षको अवधिमा सहकारीबाट २८ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/ २०८० देखि २०८१/२०८२ को माघसम्म (३१ महिना) को अवधिमा २८ अर्ब ३३ करोड १४ लाख २८ हजार ७२७ रुपैयाँ ठगी भएको छ । 

गृह मन्त्रालयले सोमबार प्रेस ब्रिफिङ गर्दै देशभरबाट सहकारी ठगीसम्बन्धी २४२ मुद्दा परेको जनाएको छ । त्यस्तै यही अवधिमा सहकारी ठगीसम्बन्धी कसुरको आरोपमा ५४५ जना पक्राउ परेका छन् । 

मन्त्रालयका अनुसार १ हजार ७ सय ७३ जना फरार सूचीमा रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९९ मुद्दा परेका छन् । त्यसमध्ये उपत्यकामा मात्र सहकारी ठगीसम्बन्धी ८२ मुद्दा परेका थिए । त्यस्तै कोशीमा २९, मधेशमा २७, गण्डकीमा २२, लुम्बिनीमा १३, कर्णालीमा ४, सुदूरपश्चिममा ३८ र सीआईबीमा १० मुद्दा दर्ता भएको थियो ।  

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully