३९ हजार घरधुरी भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरियो : प्रधानमन्त्री ओली

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Where there are 39,000 households, 48,000 were distributed in the first installment: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा रकम हिनामिना भएको आशंका गरेका छन् । कुल ३९ हजार घरधुरी भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै उनले आइतबार संसद‍्मा प्रश्न उठाएका हुन् । 

सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले सांसद प्रकाश ज्वालाको प्रश्नको जवाफ दिंदै उक्त कुरा उठाएका हुन् ।

‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ,' प्रधानमन्त्री  ओलीको प्रश्न थियो, 'कहाँबाट आए त्यत्रा घर ? त्यो ठाउँमा ३७ हजार घर भत्किएको तथ्यांक छ, अनि ४८ हजारलाई कसरी रकम वितरण गरियो ? के भएर यस्तो भयो ?’

कान्तिपुर संवाददाता

Link copied successfully