कार्यालयमै मृत भेटिए प्रहरीका ‘सई’

फाल्गुन ४, २०८१

कान्तिपुर संवाददाता

Police officer ”Sai” found dead in office

विराटनगर — जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) आइतबार बिहान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।

भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तलामा रहेको पानी टंकीमा जाने फलामको भर्‍याङमा प्रहरी नायब निरीक्षक ४९ वर्षी धनराज खतिवडा मृत फेला परेका हुन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा– ४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए । नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । 

मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully