‘यमगज’ को जंगलमै उपचार

फाल्गुन १, २०८१

शिव पुरी

Treatment of 'Yamgaj' in the forest

रौतहट — पर्सा राष्ट्रिय निकुञ्जबाट आएको घाइते हात्ती ‘यमगज’ लाई बिहीबार रौतहटको हिलेखोला जंगलमा उपचार गरिएको छ । चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सकको टोलीले डार्ट गरेर यमगजको उपचार गरेको हो ।

हात्तीको खुटामा गोली वा भालाले प्रहार गरेको चिकित्सकले अनुमान गरेका छन् । केही दिनदेखि यमगज खुट्टा खोच्याउँदै गाउँका सडकमा देखा पर्थ्यो । 

Treatment of 'Yamgaj' in the forestकोषका चिकित्सक अमिर सडौलाले यमगजको दाहिने खुटाको तल्लो भागमा गम्भीर चोट लागेको बताए । चिकित्सकको टोलीले यमगजलाई डार्ट गरी एक घण्टा लगाएर उपचार गरेको थियो । ‘खुटाको घाउको भित्री भागसम्म पिप जमेकाले त्यसलाई सफा गरेर एन्टिबायोटिक दिएका छौँ,’ उनले भने,‘घाउ ठीक हुन एक साता जति लाग्छ ।’ चिकित्सक सडौलाको साथमा वन्यजन्तु प्राविधिक तीर्थ लामासमेत आएका छन् । 

Treatment of 'Yamgaj' in the forestपर्सा राष्ट्रिय निकुञ्जमा विश्राम गर्ने यमगज दुई महिनादेखि रौतहटको जंगलमा घुमेको छ । चिकित्सक सडौलाका अनुसार यमगजलाई शिकारीले गोली हानेको हो वा भाला प्रहार गरेको भन्ने यसै भन्न नसकिने बताए । ‘यसो हेर्दा गोली हानेको जस्तो देखिन्छ,’ उनले भने,‘यसै भन्न सक्ने अवस्था छैन, तर घाउ निकै गहिरो छ ।’ उपचारबाट ठीक भएपछि छाडिने चिकित्सकले जनाएका छन् । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully