नेसपा (नयाँ शक्ति)को नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै आउने

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

The results of the election for the leadership of NESP (New Power) will be announced today

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिको नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आज आउने भएको छ ।

केन्द्रीय सदस्यको मतगणना सकेर अब पदाधिकारीको मतगणना भइरहेको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन् । 

उनका अनुसार आजै बेलुका ५ बजेसम्म निर्वाचनको सबै परिणाम आउने छ । अध्यक्षमा केन्द्रीय संयोजक बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ । 

९९ सदस्यीय केन्द्रीय समितिमा २ उपाध्यक्ष सहित २० निर्विरोध भएका छन् । बाँकी पदमा निर्वाचन भएको थियो । संयोजक भट्टराईकी छोरीसमेत रहेकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully