शंखरापुर बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो, ४० जना घाइते [अपडेट]

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Shankharapur bus accident: Death toll reaches 3, 40 injured [Update]

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन । 

चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो । ३९ वर्षीय मनिष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

केही घाइतेका नामावली

१) फिलिप लामा, वर्ष १०

२) प्रज्वल थापा, वर्ष १०

३) भिम तामाङ, वर्ष ११

४) राम परियार, वर्ष  १६

५) सुजन मगर,  वर्ष १६

६) सिरिसा सुवेदी, वर्ष १२

७) प्रकाश बम, वर्ष १६

८) साधन विष्ट, वर्ष १२

९) आराध्या शाह, वर्ष १०

१०) आशीष तामाङ, वर्ष १५

११) स्नेहा राई, वर्ष २१

१२) गंगा ज्योति, वर्ष ४२

१३) रन्जित थापा, वर्ष १३

१४) सुहाना गुभाजु, वर्ष  १३

१५) श्रीशान्त पौडेल, वर्ष १५

१६) कल्पना रेज्मी, वर्ष ३२

१७) विकल्प श्रेष्ठ, वर्ष १०

१८) नाइस्का पाण्डे, वर्ष २३

१९) सुविता तामाङ, वर्ष १४

२०) निशान्त पौडेल, वर्ष १४

२१) सौगात मगर, वर्ष १४

२२) अबित खान, वर्ष १०

२३) आदित्य सुनार, वर्ष १२/१३

२४) धिरज साउद, वर्ष १४,

२५) सन्देश गिरि, वर्ष १३

२६) शुशांक डोटेल 

कान्तिपुर संवाददाता

Link copied successfully