वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा समयै गराउन भन्दै निवेदन

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Petition to hold the general meeting of the Foreign Employment Professionals Association on time

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित विभिन्न संगठनले आफ्नो छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा तोकिएको समयमा गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् ।

फागुन २ गते तोकिएको साधारणसभा असारमा सार्ने संघ कार्यसमितिको निर्णय गैरकानुनी भन्दै उनीहरूले निर्धारण मितिमै साधारण सभा गराउन निर्देशन दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

निवेदन दिनेहरूमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था, नेपाल वैदेशिक वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज र नेपाल वैदेशिक रोजगार मगर समाज रहेका छन् ।

निवेदनमा साधारण सभा सार्ने निर्णय विधान तथा कानुनसम्मत नभएको भन्दै निर्वाचन प्रक्रियासहितको साधारण सभा गर्न निर्देशन दिनसमेत माग गरिएको छ ।

कान्तिपुर

Link copied successfully