ग्रीसमा एक नेपाली मृत फेला

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

A Nepali was found dead in Greece

काठमाडौँ — अवैध रूपमा ग्रीस पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । तनहुँको भानु नगरपालिका घर भएका कवि थापा मगर रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

ग्रीस हेर्ने अस्ट्रियाको भियनास्थित नेपाली दूतावासले मृतकको शव स्थानीय प्रहरीले राखेको र परिवारले आफ्नै खर्चमा नेपाल लैजाने भए पठाउने बताइरहेको जनाएको छ ।

सोमबार भियनास्थित नेपाली दूतावासले यस विषयमा कन्सलुर विभागमा समेत पत्राचार गरेको छ । मृतक कवि रोमानियाबाट ग्रीस पुगेको यस घटनाबारे जानकार एक नेपालीले बताए । प्रहरीले कविको साथबाट रोमानियाबाट जारी भएको आवास अनुमतिपत्रसमेत फेला पारेको छ ।

कान्तिपुर

Link copied successfully