नेसपा (नयाँ शक्ति) महाधिवेशनमा विदेशबाट मतदानकाे व्यवस्था

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Provision of voting from abroad in NESP (new power) convention

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवशेनमा विदेशमा रहेका प्रतिनिधिहरुले मतदान गर्ने व्यवस्था मिलाएको छ ।

राजधानीमा जारी महाधिवेशनमा नयाँ शक्तिले ‘भोट डट इलेक्शनरनर डट कम’ मार्फत मतदान गर्ने व्यवस्था गरेकाे हो । नयाँ शक्तिकी नेता मानुषी यमी भट्टराईले विभिन्न देशमा रहेका पाँच दर्जन मतदाताका लागि अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिइन् । नयाँ शक्तिले पहिलो पटक विदेशमा रहेका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाएको हो ।

अध्यक्ष पदमा पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र विद्यार्थी नेता नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय समितिको ९९ सदस्यमध्ये मध्ये २० पदमा निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र केन्द्रीय सदस्यसहित ७९ पदमा मतदान हुँदैछ । महाधिवेशनमा एक हजार २ सय प्रतिनिधिले मतदान गर्नेछन् ।

दुई पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा नेताहरु निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा उनीहरू निर्वाचित भएका हुन् । पदाधिकारीमा निर्विरोध निर्वाचित हुनेहरूमा महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित)मा दुर्गा सोबलगायत छन् ।

कान्तिपुर

Link copied successfully