काठमाडौँ — नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद् टकराबको थलो नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताउएका हुन् । उनले संसद् संवादको थलो भएकाले टकराब निम्त्याउन नहुने बताए ।
उनले संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताए । उनले संसद् अराजकको नभई सज्जनको थलो भएको बताए । जनताको जनप्रतिनिधिले जबाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताए । संसद् भनेको एउटा नियमनको थलो भएकाले तथानाम को थलो नबनाउन प्रतिपक्ष दलहरूलाई आग्रह गरे ।
उनले भने, ‘संसद् संवादको थलो हो । टकराबको थलो होइन । संसद् विधिको थलो हो जिद्दीको थलो होइन । संसद् सज्जनको थलो हो अराजकको थलो होइन । त्यस कारण जनताको जनप्रतिनिधिले जुन एउटा उचाइमा जबाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद् भनेको एउटा नियमनको थलो हो । तथानाम को थलो होइन ।’
उनले प्रमुख प्रतिपक्ष दलका नेताले डोरीलाई सर्प भने प्रचार गरेको भन्दै आपत्ति जनाए ।
