एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैन : अध्यक्ष दाहाल

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Left unity is not possible as long as Oli remains in UML leadership: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले देशको स्थिति सहज रूपमा अघि बढ्न नसकेको बताएका हुन् । 

'एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिस्ट एकता, वामपन्थी एकता सम्भव छैन,’ अध्यक्ष दाहालले भने ।  त्यस्तै उनले सरकारमा आफूहरूको ध्यान नरहेको दाबी गरे ।

प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोपसमेत अध्यक्ष दाहालको आरोप छ । मधेशी जनताका लागि दुई पटक संसद्‍मा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको उनले आरोप लगाए । 

कान्तिपुर

Link copied successfully