सुशासन कायम गर्न सरकारले नै अगुवाइ गर्नुपर्छ : प्रमुख आयुक्त राई

माघ २८, २०८१

कान्तिपुर संवाददाता

The government should take the lead to maintain good governance: Chief Commissioner Rai

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासनको अवस्था सुधार गर्न सरकारले नै अगुवाइ गर्नुपर्ने बताएका छन् । आयोगको ३४औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्नुपर्ने बताएका हुन् । 

खरिद योजनाबिनै खरिद, सेवा प्रवाहमा बिचौलियाको प्रभावलगायत विषयलाई सुधार गर्नुपर्ने उनले बताए । खरिद व्यवस्थापनलाई थप प्रभाववकारी बनाई राज्यलाई थप क्षति हुनबाट रोक्नुपर्ने उनको भनाइ छ ।

नागरिकलाई सहज र सरल सार्वजनिक सेवा दिन थप सुधारका पहल गर्न उनले सुझाव दिए । तीनवटै तहका सरकारबाट पहल भए मात्र सुशासन स्थापित हुने  प्रमुख आयुक्त राईको भनाइ छ । 

अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालका कानुन र संयन्त्र परिमार्जन गर्नुपर्ने पनि उनले बताए । 

कान्तिपुर

Link copied successfully