मन्त्रिपरिषद्को निर्णय : अख्तियारका सचिव उपाध्याय अर्थ मन्त्रालयमा सरुवा

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Council of Ministers' decision: Secretary of Authority Upadhyaya transferred to Ministry of Finance

काठमाडौँ — अर्थसचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । 

एक मन्त्रीले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको छ । 

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

कान्तिपुर

Link copied successfully