आज देश दुनियाँमा के-के भयो ?

माघ २७, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — फर्पिङमा स्कुल बस दुर्घटना हुँदा चालक र एक विद्यार्थीको मृत्यु, नो केबलकार समूह र सरकारी टोलीबीचको वार्ता वार्ता बिनानिष्कर्ष टुंगियोदेखि गाजाबाट इजरायली फौज फिर्तासम्मका समाचार आज चर्चामा रहे ।

000

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक र एक विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार ३५ वर्षका चालक राधाकृष्ण थापामगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । 

000

'नो केबलकार समूह' र सरकारी वार्ता टोलीको आइतबारको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । तथापि सरकारी वार्ता टोलीले केही समयपछि विज्ञप्ति प्रकाशित गर्ने जनाएको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति प्रकाशित गर्ने जनाएका छन्। आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले भने पौने घण्टा बसेको बैठक बिनानिष्कर्ष सकिएको बताए ।

000

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् । 

000

स्वर्गद्वारी गुठीको जग्गामा अधिकार माग गर्दै मोही किसान हलोजुवा बोकेर आइतबार घोराहीको सडकमा निस्किएका छन् । माघ २० देखि काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना दिइरहेका मोही किसानको समर्थनमा उनीहरू सडकमा निस्किएका हुन् । सयौंको संख्यामा आएका मोही किसानहले घोराही उपमहानगरपालिका-१४, झिंगौरास्थित थारु गाउँबाट र्‍याली सुरु गरी घोराही बजार परिक्रमा गरेका हुन् ।  

000

गाजाको युद्धविराम लागू भएको तीन सातापछि इजरायली फौज गाजा गाजालाई दुई भागमा विभाजन गर्ने क्षेत्रको नेत्जारिम करिडोरबाट फिर्ता भएका भएका छन् । जनवरी १९ मा प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता हुन थालेको हो । सम्झौतायता २१ इजरायली र ५ सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् ।  

कान्तिपुर

Link copied successfully