स्कुल बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु, घाइतेहरु अस्पतालमा

माघ २७, २०८१

कान्तिपुर संवाददाता

School bus accident: driver and a student dead, injured in hospital

काठमाडौँ — काठमाडौंको दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक र एक विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनका अनुसार ३५ वर्षका चालक राधाकृष्ण थापामगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । थापामरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बतायो ।   

आइतबार दिउॅसो ४ बजेतिर जुनकिरी इंलिस स्कुलका विद्यार्थी सवार बस दुर्घटना भएको थियो । अहिले सम्म ३२ जना बसमा सवारहरुलाई अस्पताल लगिएको छ । प्रहरी र स्थानीयले बस दुर्घटना भएको ठाउॅमा थप विद्यार्थी हुन सक्ने अनुमानमा खोजी जारी राखेको छ । प्रहरीका अनुसार बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । 

कान्तिपुर

Link copied successfully