फर्पिङ स्कुल बस दुर्घटना : ३९ घाइतेलाई अस्पताल लगियो [अपडेट]

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Farping school bus accident: 39 injured taken to hospital [Update]

काठमाडौँ — काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । 

दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए । अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इंलिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बा १ क ५६६४ नंको बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully