तत्काल प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँ : अध्यक्ष राउत

माघ २७, २०८१

कान्तिपुर संवाददाता

We did not join politics to become prime minister or minister immediately: President Raut

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्तढ(सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन् । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष राउतले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताएका हुन् । 

‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खै प्रधानमन्त्री बनाउन सकेको ? यसले खै संसद्लाई नियन्त्रण गर्न सकेको, यसले खै कानुन बनाउन सकेको भन्ने एकैचोटि हामी आशा गरिदिन्छौँ । धैयर्ता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन,’ उनले भने । 

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरुबाट सिकेर नयाँ पार्टी अघि बढ्नुपर्ने बताए । पुराना राजनीतिक दलहरू पनि रातारात नआएको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully