प्रजातन्त्र दिवसलाई जनताको कार्यक्रम बनाउनुपर्छ : प्रधानमन्त्री ओली

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Democracy Day should be made a program of the people: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको कार्यक्रमका रूपमा मनाइने बताएका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरेका हुन् । 

 'यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै फागुन ७ मुलुकका लागि सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिन भएको उनले बताए । 'मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ,' उनले भने । 

कान्तिपुर

Link copied successfully