आगलागीले क्षतिग्रस्त खानेपानीमन्त्रीको कार्यकक्ष मर्मत सम्भार सुरु

उपप्रधानमन्त्री सिंहद्वारा स्थलगत अवलोकन

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Repair work of water minister's office damaged by fire started

काठमाडौँ — उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागीका कारण क्षतिग्रस्त खानेपानी मन्त्रालयका कोठाहरू मर्मतसम्भारको कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

शनिबार बिहान आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी भएका कोठाहरूको स्थलगत अवलोकनपछि उपप्रधानमन्त्री सिंहले तत्कालै मर्मतसम्भार गर्न निर्देशन दिएका हुन् । 

शहरी विकास मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अहिले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मर्मत सम्भारको काम अघि बढाएको छ ।

उपप्रधानमन्त्री सिंहको निर्देशनमा आगलागीको क्षतिसहित उक्त आगलागीका कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पूर्व तयारीका लागि एक समिति समेत गठन भएको छ । 'घटनाको क्षति मूल्यांकनसहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समितिसमेत गठन गरिएको छ,' उनले भने । 

कान्तिपुर संवाददाता

Link copied successfully