मापसे गरेका अनेरास्ववियुका नेतालाई हो–हल्ला नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि हातपात

माघ २५, २०८१

सुदीप कैनी

While reminding the leader of the UNRWA who had done so, he attacked the police instead

काठमाडौँ — राजधानीको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात भएको छ । हातपात गर्नेहरु प्रमुख सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुका नेताहरु रहेको प्रहरीले जनाएको छ ।

 प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि हातपात भएको दरबारमार्ग प्रहरीले जनाएको छ । प्रहरीले हातपात गर्नेहरुको पहिचान गरिसकेको छ । 

हातपात गर्नेहरुमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीसहित ६ जना रहेको प्रहरीले जनाएको छ ।

ठमेलस्थित अमृत साइन्स क्याम्पस अस्कलमा प्रहरीमाथि हातपात भएको हो । मोटरसाइकलमा ड्युटीमा गएका प्रहरीले मापसे गरेर होहल्ला गर्दै हिँडेका विद्यार्थी नेताहरुलाई सम्झाउन खोज्दा उल्टै आक्रमण गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहोराका अनुसार उक्त घटनाको सिसिटिभी फुटेज मगाएर अनुसन्धान सुरु गरिएको छ । आक्रमण गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण गरिसकेपछि उनीहरु अस्कल क्याम्पसको होस्टेलभित्र छिरेका थिए ।

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully