रवि लामिछाने चितवन अदालतमा हाजिर, बयान सकिए थुनछेक बहस आजै 

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Ravi Lamichhane appeared in the Chitwan court, after the statement was closed, the debate was closed today

चितवन — साहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन् ।

बुधबार बिहान उनी बयानका लागि हाजिर भएका हुन् । बयान सुरु हुने र बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछानेको बयान जिल्लाल न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ । 

लामिछानेविरुद्ध चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । 

अभियोगपत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ । यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।

कान्तिपुर

Link copied successfully