काठमाडौँ — नेपाल भाषा एकेडेमीको नयाँ चान्सलरको रूपमा मल्ल के सुन्दर सोमबार सर्वसम्मत चयन भएका छन् । एकेडेमीको चौबिसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रूपमा चान्सलर चयन भएका हुन् ।
एकेडेमीको विधानअनुसार सम्पन्न कार्यकारिणी समितिमा पुष्पराज राजकर्णिकार भाइस चान्सलर, महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव तथा वीरप्रसाद भन्सारी कोषाध्यक्ष लगायत दस सदस्यीय प्राज्ञहरूमा प्रेम शान्ति तुलाधर,शशीकला मानन्धर, राजेन्द्र महर्जन पुता, राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजय रत्न असंबरे सर्वसम्मत चयन गरिएको छ ।
पन्ध्र सदस्यीय कार्यकारिणी समितिका लागि बाँकी पाँच प्राज्ञहरूमा निर्मल बज्राचार्य, रजनी मिला, शाक्य सुरेन, तुल्सी सायमी र कृष्णभक्त महर्जन मनोनयन गर्ने नव निर्वाचित कार्यकारिणी समितिको पहिलो अनौपचारिक बैठकले निर्णय गरेको छ ।
बैठकले निवर्तमान चान्सलर यज्ञ रत्न धाख्वा:लाई एकेडेमीको संरक्षक पदमा मनोनयन गरेको छ । नयाँ कार्यकारिणी समिति चयन हुनु पूर्व सम्पन्न एकेडेमीको वार्षिक सभा तत्कालीन चान्सलर यज्ञ रत्न धाख्वाःको सभापतित्वमा सम्पन्न भएको थियो ।
