‘नो केबलकार समूह’ र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता जारी  

माघ २१, २०८१

आनन्द गौतम

Talks continue between the 'No Cable Car Group' and the representatives of the Ministry of Home Affairs

ताप्लेजुङ — सरकार र पाथीभारामा ‘नो केबलकार समूह’ बीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच ललितपुरको होटल हिमालयमा छलफल सुरु भएको हो ।

सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने नो केबलकार समूहले अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको वार्ता सहजीकरण समिति बनाएको छ ।

योसँगै विगत पाँच वर्षदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि प्रक्रिया सुरु भएको छ । आफूहरूको मुख्य माग राजनीतिक तहबाट मात्रै पूरा हुने भएकाले आन्दोलनरत समूहले सहजीकरण समिति बनाएको जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully