शिक्षा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Corruption case against Education Officer Prasai

काठमाडौँ — सेवाग्राहीसँग ३ लाख घूस लिएको कसुरमा नियन्त्रणमा परेका राष्ट्रिय किताबखाना छाउनी, काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरेको आरोपमा रकमसहित गत पुस १४ गते अख्तियारले प्रसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा किताबखानाका कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतो देखिएको भन्दै अख्तियारले उनीहरूविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा (निवृत्तिभरण अधिकार पत्र) बनाई दिन उनीहरुले ३ लाख घूस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

अख्तियारले मुद्दा दायर गर्दै आरोपीहरूलाई समेत अदालतमा पेस गरेको छ ।

कान्तिपुर

Link copied successfully