समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छु : गौतम

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Give me the responsibility of building socialism, if I can't bring it, I am ready to suffer the death penalty: Gautam

काठमाडौँ — राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा गौतमले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।

प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा हुनुपर्ने पनि गौतमको भनाइ थियो । संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको उनको भनाइ थियो । अध्यादेश नानीबाबुहरूले घर पुतली खेलेजस्तो विषय नभएको पनि सांसद गौतमको भनाइ थयो । 

त्युस्तै, नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने गौतमको भनाइ थियो । 'अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद । यसमा कसैको ध्यान छैन, न सत्तापक्ष, न प्रमुख प्रतिपक्ष न प्रतिपक्षको । यो संरचना निर्माण गर्न सकिन्छ,' गौतमले भने, 'समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस्, यदी समाजवाद निर्माण हुन सक्दैन भने, वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’

गौतमले एमाले र कांग्रेसले खिचडी राजनीति गरिरहेको पनि बताए । उनले त्यस्तो राजनीतिलाई बहिष्कार गर्नुपर्ने धारणा राखेका थिए ।

कान्तिपुर

Link copied successfully