न्यायपरिषद् सदस्यमा सुनुवाइ समितिबाट खड्का अनुमोदित

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Appeals to the Judiciary Council members were approved by the hearing committee

काठमाडौँ — संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ ।

समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो । 

समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइआएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको हो । 'संसदीय सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यको कार्ययोजनामा समितिले आफ्ना अवधारणा सुनेर सदस्यहरूले जिज्ञासा राख्नुभयो । त्यो प्रस्ट भइसकेपछि समितिले अनुमोदन गर्ने निर्णय गरेको छ,' उनले भनिन् ।

नेपाल बार एसोसिएसनको तर्फबाट खड्का न्यायपरिषद् सदस्यमा सिफारिस भएका हुन् । 

कान्तिपुर

Link copied successfully