संयुक्त राष्ट्रसंघका पूर्वपर्यावरण कार्यकारी निर्देशकसँग पूर्वाधार विकास समितिको छलफल

माघ १९, २०८१

कान्तिपुर संवाददाता

Discussions of the Infrastructure Development Committee with the former United Nations Environment Executive Director

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले संयुक्त राष्ट्रसंघका पूर्वपर्यावरण कार्यकारी निर्देशक एरिक सोल्हाइमसँग छलफल गरेको छ ।

नर्वेका पूर्वमन्त्रीसमेत रहेका सोल्हाइमले सौर्य ऊर्जालाई प्राथमिकता दिने र जलवायुसँग सम्बन्धित कानुन निर्माणका सम्बन्धमा समितिमा आफ्ना धारणा राखेका थिए । 

 संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार पूर्वाधार विकास समितिले सोल्हाइमसँग छलफल गरेको थियो । समितिमा जलस्रोत, ऊर्जा र विद्युत विधेयक विचाराधीन रहेको र ती विधेयकका विषयमा पनि सोल्हाइमसँग छलफल भएको कांग्रेस सांसद राजेन्द्र बजगाईंले जानकारी दिए । छलफलका क्रममा सोल्हाइमले सौर्य ऊर्जामा सरकारले सहुलियत दिनुपर्ने गरी कानुन र योजना निर्माण गर्नुपर्ने सल्लाह दिएका थिए । 

जलवायु परिवर्तन र दिगो विकासमा विश्वका विभिन्न देशमा अभियान चलाइरहेका सोल्हाइमले नेपालले दीर्घकालीन वातावरणीय समाधान गर्नुपर्ने र त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

संसदीय समितिसँग सोल्हाइमको संवादले जलवायु परिवर्तन, ऊर्जा स्रोत व्यवस्थापन र दिगो विकासजस्ता विषयमा उच्च-स्तरीय छलफललाई प्रवर्द्धन गर्ने सांसद बजगाईंले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully