कानुन निर्माणको थलो संसद्‍ नै हो : पूर्वप्रधानमन्त्री देउवा

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Parliament is the place of lawmaking: Former Prime Minister Deuba

काठमाडौँ — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कानुन निर्माणको थलो संसद् नै भएको बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसद्‍मा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो आउने गरेका बताएका हुन् । 

'संसद्‍मा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको छ । संसद्‍मा संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक विचाराधीन छन्,' सभापति देउवाले भने । 

कानुन निर्माणमा ढिलाइ गर्न नहुने उल्लेख गर्दै देउवाले भने, 'मैले अघि नै भनिसकेँ, लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन हो। कानुन निर्माणको थलो संसद् नै हो । तसर्थ हामीले आवश्यक कानुन बनाउन ढिलाइ गर्नु हुँदैन । म यस विषयमा माननीय संसदहरूको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न चाहन्छु । संविधानको कार्यान्वयनसँग सम्बन्धित र नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विद्येयकहरू पनि सरकारले चाँडै संसद्‍मा पेस गरोस् भन्ने आग्रह गर्दछु ।'

कान्तिपुर

Link copied successfully